Below Menu
Below Menu

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सामान्य सुधार 

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने सामान्य सुधार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से २८.९२ अंकले घटेर १९३२.४५ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ६.४५ अंकले घटेर १९६१.३७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २१ कम्पनीको शेयरमूल्य बढेको छ । भने २०३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा एक अर्ब १५ करोड ९ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा ७९ करोड ६८ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज लिवर्टी इनर्जी कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा शुभम् पावर रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । आज बाराही हाइड्रो, सिटिजन म्युचुअल फण्ड–२ र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीकोे शेयरमूल्य ९ प्रतिशत भन्दाबढीले घटेको छ ।


 

Advertisment

थप समाचार