काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिशेयर अंकित मूल्य ५० रुपैयाँ अंमति दरमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।
कम्पनीले हाल कायम रहेको जारी पूँजी एक अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले जारी गर्न लागेको कुल शेयरमा एक लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५८ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी रहेको २४ लाख २७ हजार ७५० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्कासनमा ल्याएको शेयरमध्ये एक करोड २५ लाख ४६ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली निष्काशन गरि बाँडफाँट गरिसकेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असोज ४ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।
कम्पनीले जारी गर्न लागेको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम २० कित्तादेखि अधिकतममा एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरिदका लागि लगानीकर्ताले बिक्री प्रबन्धकको वेभसाइट र सि आवस्वा तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।
Advertisment