काठमाडौं : विभिन्न १२ कम्पनीले साधारणसभा बोलाएका छन् । कम्पनीहरुले लाभांश र मर्जर प्रस्ताव पारित गर्ने लगायतका एजेन्डा सहित साधारणसभा गर्न लागेका हुन् । लाभांश घोषणा गरेको कम्पनीहरुले बुक क्लोजको मिति समेत तय गरिसकेका छन् ।
कुमारी क्यापिटल
कुमारी क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । साउन २५ गते बसेको सञ्चालक समितीको ६० औं बैठकले कम्पनीको पाँचौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा भदौ २१ गते कुमारी बैक टंगाल काठमाडौंमा बेलुका ५.३० बजे हुनेछ । उक्त सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लागेको करसहित ६ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सो सभाले कुनै पनि कम्पनी एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सो ले गरेको कार्य अनुमोदन हुन तथा नयाँ मर्ज समिति गठन गर्नका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्नेछ ।
ज्योति क्यापिटल
कुमारी क्यापिटल लिमिटेडले भदौ २१ गते साधारणसभा बोलाएको छ । साउन ३१ गते बसेको सञ्चालक समितीको ३६ औं बैठकले कम्पनीको पहिलो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा भदौ २१ गते ज्योति विकास बंैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा किहान ९ बजे हुनेछ । उक्त सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लागेको चुक्ता पुँजीको १०.५२६३ प्रतिशत करसहितको २ करोड २१ लाख ५ हजार २३० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
नेपाल वित्तीय संस्था संघ
नेपाल वित्तीय संस्था संघले भदौ २२ गते शुक्रबार वार्षिक साधारणसभा बोलाएको छ । साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी २७ औं र २८ औं वार्षिक साधारणसभा गर्न लागेको हो ।
उक्त सभा फिसटेल लज लेकसाइड पोखरामा हुनेछ । उक्त सभाले गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतको लेखापरिक्षण प्रतिवेदन माथि छलफल गर्ने छ ।
हिल्टर्न हाइड्रो इनर्जी
हिलटर्न हाइड्रो इनर्जीले भदौ २८ गते बिहिबार कम्पनीको दोस्रो वार्षिक साधारणसभा गर्ने भएको छ । भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय ज्ञानेश्वरमा बिहान १० बजे गर्ने निर्णय गरेकोे हो ।
सो सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको वित्तीय विवरणहरु छलफल गर्नुका साथै नियमन निकायहरुको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने अवस्था आइपरेमा सञ्चालक समितिलाई प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने अख्तियारी प्रदान गर्ने छ ।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
जोशी हाइड्रोपावर कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीको आठौं वार्षिक साधारणसभाभदौ ३१ गते आइतबार बिहान ११ बजे लिसरा ब्यांक्वेट हल नक्साल काठमाडौंमा हुनेछ ।
सो सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते एकदिनका लाई शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने भएको छ । जसअनुसार भदौ १७ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन् ।
स्नो रिभर लिमिटेड
स्नो रिभर्स लिमिटेडले भदौ २७ गते बुधबार कम्पनीको दोस्रो वार्षिक साधारणसभा गर्ने भएको छ । भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे गर्ने निर्णय गरेको हो ।
सो सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको वित्तीय विवरणहरु छलफल गर्नुका साथै नियमन निकायहरुको निर्देशन अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपने अवस्था आइपरेमा सञ्चालक समितिलाई प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने अख्तियारी प्रदान गर्ने छ ।
त्रिशक्ती सेक्युरिटीज
त्रिशक्ती सेक्युरिटिज पब्लिक लिमिटेडले असोज ५ गते साधारणसभा गर्ने भएको छ । भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १६ औं वार्षिक साधारणसभा गर्न लागेको हो । उक्त सभा रजिष्टर्डको कार्यालय काठमाडौंमा हुनेछ ।
उक्त सभाले गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतको लेखापरिक्षण प्रतिवेदन माथि छलफल गर्ने, गत आवको मुनाफबाट नगद लाभांश वितरण गर्ने र पुँजी वृद्धि गर्ने लगायतका विषयमा छलफल गरी प्रस्ताव पारित गर्नेछ ।
ओम मेगा श्री फर्मास्युटिकल्स
ओम मेगा श्री फर्मास्युटिकल्सले असोज ५ गते शुक्रबार साभारणसभा गर्ने भएको छ । कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा अल्फा हाउस नयाँ बानेश्वरमा हिान ११.३० बजे हुनेछ ।
सो सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण इक्विटीमा भएको परिवर्तन लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।
सांङगे हाइड्रोपावर
सांगे हाइड्रोपावर कम्पनीले असोज ९ गते मंगलबार साधारणसभा बोलाएको छ । कम्पनीले वितरण गर्न लागेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा गर्न लागेको हो । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा कम्पनीको कार्यालय त्रिपुरेश्वरमा हुनेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ २६ गतेदेखि असोज ९ गते सम्मका लागि शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने भएको छ । जसअनुसार भदौ २५ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश साधारणसभामा भाग लिन पाउनेछन् ।
माईखोला हाइड्रोपावर
माईखोला हाइड्रोपावर कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनी शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न साधारणसभा गर्न लागेको हो । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले असोज ९ गते मंगलबार साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा लर्ड पार्टी भेन्यु काठमाडौंमा बिहान हुनेछ ।
सो सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।
यसका साथै सभाले कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १ः१ को अनुपात अर्थात शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ रहेको छ । हकप्रद शेयर जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी ७८ करोड ४३ लाख १३ हजार ६ सय रुपैयाँ पुग्नेछ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १ गते एकदिनका लाई शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने भएको छ । जसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कायम भएका शेयरधनीहरुले मात्र कम्पनीले वितरण गर्ने हकप्रद र साधारणसभामा भाग लिन पाउनेछन् ।
लक्ष्मी क्यापिटल
लक्ष्मी क्यापिटल लिमिटेडको गत शुक्रबार बसेको सञ्चालक समितिको ८४ औं बैठकले कम्पनीको पन्ध्रौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभा असोज ७ गते लक्ष्मी सनराइज बैंक, लक्ष्मी कम्प्लेक्स हात्तिसार काठमाडौंमा दिउँसो ४ बजे हुनेछ । उक्त सभाले कम्पनीले वितरण गर्न लागेको लाभांश प्रस्ताव पारित गर्नेछ ।
क्यापिटलले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई करसहित ३ करोड ८२ लाख ६ हजार ८ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
यसका साथै सो सभाले लइमी क्यापिटल मार्केट र सनराइज क्यापिटल लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
सनराइज क्यापिटल
सनराइज क्यापिटल लिमिटेडको गत मंगलबार बसेको सञ्चालक समितिको १३३ औं बैठकले कम्पनीको १३ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा असोज १० गते सनराइज क्यापिटल कमलपोखरी काठमाडौंमा बिहान १०ः३० बजे हुनेछ । उक्त सभाले कम्पनीले वितरण गर्न लागेको लाभांश प्रस्ताव पारित गर्नेछ । क्यापिटलले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
यसका साथै सो सभाले सनराइज क्यापिटल लिमिटे र लक्ष्मी क्यापिटल मार्केटलार्य एक आपसमा गाभ्नेरगाभिने (मर्जर) गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
Advertisment