काठमाडौं : सनराइज क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितीको १३३ औं बैठकले कम्पनीको १३ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा असोज १० गते सनराइज क्यापिटल कमलपोखरी काठमाडौंमा बिहान १०ः३० बजे हुनेछ । उक्त सभाले कम्पनीले वितरण गर्न लागेको लाभांश प्रस्ताव पारित गर्नेछ । क्यापिटलले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई करसहित ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
यसका साथै सो सभाले सनराइज क्यापिटल लिमिटे र लक्ष्मी क्यापिटल मार्केटलार्य एक आपसमा गाभ्नेरगाभिने (मर्जर) गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
Advertisment