काठमाडौं : दुई कम्पनीको १७ हजारबढी कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । कुमारी बैंक र महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको १७ हजार ६७० कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।
कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको तीन हजार ६७० कित्ता शेयर संस्थापक शेयरधनी खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
बैंकको शेयर खरिद गर्न पाउने इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र बैंकको शेयर रष्जिट्रार कुमारी क्यापिटल नक्साल र बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्ने छ ।
त्यस्तै, त्यस्तै महुली लघुवित्तले १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गर्न चाहने इच्छुक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक काजगपत्र संकलन गरी संस्थाको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा आफ्रले खरिद गर्न चाहेको शेयरसंख्या खुलाई आवेदन पेश गर्नुपर्नेछ ।
उक्त शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ । तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम पछि कम्पनीले बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गर्ने जनाएको छ ।
Advertisment