Below Menu
Below Menu

टिकेन शेयर बजारको सुधार, ७९ करोडमा खुम्चियो कारोबार

टिकेन शेयर बजारको सुधार, ७९ करोडमा खुम्चियो कारोबार

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक नेप्से ६.४५ अंकले घटेर १९६१.३७ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ७.०७ अंकले बढेर १९६७.८३ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ७१ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै सात कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा ७९ करोड ६८ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।सोमबार नेप्सेमा एक अर्ब १८ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज हिमालयन एभरेष्ट इन्स्योेरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज सात करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्था आज यी कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज आरविवी म्युचुअल फण्ड–२ र लिवर्टी इनर्जी कम्पनीकोे शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

Advertisment

थप समाचार