काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक तीव्र उतार चढावकाबीच आज नेप्से ७.०७ अंकले बढेर १९६७.८३ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २९.८१ अंकले घटेर १९६०.७८ बिन्दुमा भएको थियो ।
आज कारोबारमा आएका १२६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ८९ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने सुधार देखिएको छैन । आज बजारमा एक अर्ब ९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब १८ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज आईएमई लाइफ इन्स्योेरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज पाँच करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा थ्री स्टार हाइड्रोपावर कम्पनी, दोल्ती पावर कम्पनी, ग्रीन भेन्चर लिमिटेड, आशा लघुवित्त वित्तीय संस्था, रु रु जलविद्युत कम्पनी र अपर स्याङगे हाइड्रोपावर रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज लिवर्टी इनर्जी कम्पनीकोे शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
Advertisment