काठमाडौं : हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
क्यापिटलले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागी ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना गर्न लागेको हो ।
उक्त सेल्फी प्रतियोगितामा भाग लिनको लागि इच्छुक सम्पूर्ण ग्राहकहरुलले प्रतियोगितामा सहभागी हुन सक्नेछन् । सहभागीहरुले परम्परागत पोशाकमा लिएको फोटो क्यापिटलको आधिकारिक फेसबुक पेजको ‘मेन्सन’ मा पोष्ट गर्नुपर्नेछ । यसका साथै फोटो पोष्ट गर्दा गरिमा क्यापिटल तीज सेल्फी, गरिमा क्यापिटल तीज, नेपाली फेस्टिबल, गरिमा क्यापिटल लिमिटेड आदिमा ह्यास ट्यागहरू राख्नुपर्नेछ र सहभागीहरुले क्यापिटलको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्नेछ ।
अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी नगद उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । जसमा प्रथम पुरस्कार ३ हजार, द्वितीय पुरस्कार २ हजार र तृतीय पुरस्कार १ हजार रुपैयाँ रहेको छ ।
उक्त प्रतियोगिताले तीजको समृद्ध परम्परालार्इृृ मात्र नभई हाम्रो समुदायमा एकता र उत्सवको भावनालाई बढावा दिने कुरामा विश्वस्त रहेको कम्पनीले जनाएको छ । साथै, क्यापिटलको तर्फबाट हरितालिका तीजको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेको छ ।
Advertisment