Below Menu
Below Menu

मर्जर र लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी क्यापिटलले बोलायो साधारणसभा 

मर्जर र लाभांश प्रस्ताव पारित गर्न लक्ष्मी क्यापिटलले बोलायो साधारणसभा 

काठमाडौं : लक्ष्मी क्यापिटल लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । शुक्रबार बसेको सञ्चालक समितीको ८४ औं बैठकले कम्पनीको पन्ध्रौं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा असोज ७ गते लक्ष्मी सनराइज बैंक, लक्ष्मी कम्प्लेक्स हात्तिसार काठमाडौंमा दिउँसो ४ बजे हुनेछ । उक्त सभाले कम्पनीले वितरण गर्न लागेको लाभांश प्रस्ताव पारित गर्नेछ । 

क्यापिटलले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई करसहित ३ करोड ८२ लाख ६ हजार ८ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यसका साथै सो सभाले लइमी क्यापिटल मार्केट र सनराइज क्यापिटल लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । 

Advertisment

थप समाचार