काठमाडौं : तीन बैंकसहित चार कम्पनीको करिब आठ लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । कम्पनीहरुले ७ लाख ८६ हजार ८२० कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।
शेयर बिक्रीमा ल्याउने कम्पनीमा सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, कुमारी बैंक र जानकी फाइनान्स कम्पनी रहेका छन् । सिद्धार्थ बैंकले संस्थापक शेयरधनीको नाममा रहेको तीन लाख कित्ता शेयर संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
बैंकको शेयर खरिदका लागि इच्छुक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्बन्धीत विवरण खुलाई संस्थाको केन्द्रीय कार्यालय हात्तीसार काठमाडौंमा कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई बोलपत्र आवेदन पेश गर्नुपर्ने छ ।
त्यस्तै कामना सेवा विकास बैंकले विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी ३ हजार ६०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको शेयर खरिदका लागि इच्छुक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्बन्धीत विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा आवेदन दिनुपर्नेछ ।
त्यस्तै, कुमारी बैंकले दुई जना शेयरधनीको नाममा रहेको ३ लाख ७९ हजार ७९५ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुका लागि बिक्रीमा ल्याएको छ । बैंकको शेयर खरिदका लागि इच्छुक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्बन्धीत विवरण खुलाई बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिनुपर्नेछ ।
जानकी फाइनान्स कम्पनीले १७ जना संस्थापक शेयरधनीको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउनेगरी शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजपत्र संलग्न गरी आफूले खरिद गर्न चाहेको कित्ता खुलाई तोकिएको समयभित्र संस्थाको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ ।
कम्पनीहरुरुले बिक्रीमा ल्याएको शेयर तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गरिने जनाईएको छ ।
Advertisment