Below Menu
Below Menu

साधना र सबैको लघुवित्त एक आपसमा गाभिने, शेयर कारोबार रोक्का  

साधना र सबैको लघुवित्त एक आपसमा गाभिने, शेयर कारोबार रोक्का  

काठमाडौं : साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त एक आपसमा गाभिने भएका छन् । शुधmबार यी दसई कम्पनी एक आपसमा गाभ्ने गाभिने (मर्जर) गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार मर्जरको सम्झौता गरेसँगै यी दुई कम्पनीले शेयर कारोबार रोक्का गर्न समेत अनुरोध गरेका छन् ।

साधना लघुवित्तको केन्द्रीय कार्यालय तनहुँको बन्दीपुर नगरपालिका वडा नं १ स्थित डुम्रेमा रहेको छ भने सबैको लघुवित्तको केन्द्रीय कार्यालय गोरखाको गोरखा नगरपािलका ६ हरमटारीमा रहेको छ ।

नेपाल धितोपत्र बार्डको धितोपत्र दर्ता गरिएका संगठित संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा ३(१) मा भएको व्यवस्था अनुसार यस वित्तीय संस्थाका संलग्न बमोजिमका आधारभुत शेयरधनीहरुको सोही निर्देशिकाको दफा ७ मा भएको व्यवस्था अनुसार साधारणसभा सम्पन्न नभएसम्मका लागि शेयर कारोबार रोक्का रहने छ । 

Advertisment

थप समाचार