काठमाडौं : सन नेपाल लाइफको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ शुक्रबार बिक्री प्रबन्धक नेपाल एसबिआई क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो।
कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा १५ लाख ७७ हजार ७४४ जनाले १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि आवेदन दिएका थिए।
मागभन्दा बढी आवेदन परेपछि कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो। आवेदन दिएकाहरूमध्ये ७ लाख ६८ हजारले १०/१० कित्ताको दरले शेयर पाएका छन्। बाँकीको ८ लाख ९ हजार ७४४ जनाको हात खाली भएको छ भने ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।
इन्स्योरेन्सले हाल कायम रहेको पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
Advertisment