Below Menu
Below Menu

सिटिजन्स लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि सर्वसाधारणकाे लागि बिक्री खुला

सिटिजन्स लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि सर्वसाधारणकाे लागि बिक्री खुला

काठमाडौं : सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल १४४ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हाे ।

इन्स्योरेन्सले हाल कायम रहेको पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने एक अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको एक करोड १२ लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याउन लागेको हो । 

कम्पनीले जारी गर्न लागेको कुल शेयरमा ५ लाख ६२ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ५ लाख ६२ हजार ५ सय  कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले छुट्याइएको थियाे। बाँकी रहेको ९० लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासनमा ल्याएको शेयरमध्ये ११ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली निष्काशन गरि बाँडफाँट गरिसकेको छ । इन्स्योरेन्सको आईपीओमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ २९ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ । कम्पनीले जारी गर्न लागेको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । आईपीओ खरिदका लागि लगानी कर्ताले बिक्री प्रबन्धकको वेभसाइट र सि आवस्वा तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।

Advertisment

थप समाचार