काठमाडौंं : नेपालले एक महिनामा सवा सात करोड रुपैयाँ बराबरको फुड सप्लिमेन्ट आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ७ करोड ११ लाख ७५ हजार रुपैयाँ बराबरको २९ हजार ५६५ केजी फुड सप्लिमेन्ट आयात भएको हो ।
गत आवको सोही अवधिको तुलनामा यस अवधिमा १३ लाख २८ हजा रुपैयाँ बढीको फुड सप्लिमेन्ट आयात भएको हो । जबकी गत आवको साउन नेपालले १० देशबाट ६ करोड ९८ लाख ४७ हजार रुपैयाँ बराबरको ३१ हजार ५२५ केजी फुड सप्लिमेन्ट आयात गरेको थियो ।
नेपालले वर्षेनी अर्बौ रुपैयाँको फुड सप्लिमेन्ट आयात भएको छ गत आर्थिक वर्षमा नेपालले एक अर्ब १५ करोड ७५ लाख रुपैयाँ बराबरको ५ लाख १७ हजार ७९ केजी फुड सप्लिमेन्ट आयात गरेको थियो ।
भारतबाट सर्वाधिक आयात
विभागका अनुसार यस अवधिमा भारतबाट सबैभन्दभा धेरै फूड सप्लिमेन्ट आयात भएको छ । साउनमा नेपालले भारतबाट ६ करोड २२ लाख ४६ हजार रुपैयाँ बराबरको २५ हजार ८८९ केजी फूड सप्लिमेन्ट आयात गरेको हो
अन्य देशबाट कति आयो ?
यस अवधिमा भारतपछि सर्वाधिक आयात भएको देशमा अष्ट्रेलिया रहेको छ । नेपालले उक्त देशबाट साउनमा ३८ लाख १३ हजार रुपैयाँ बराबरको एक हजार ४२८ केजी फुड सप्लिमेन्ट आयात गरेको हो ।
त्यस्तै, चीनबाट २६ लाख ४१ हजार रुपैयाँ बराबरको ६२८ केजी, फ्रान्सबाट २१ लख ४४ हजार रुपैयाँ बराबरको एक हजार ४१४४ केजीको फुड सप्लिमेन्ट आयात भएको छ । न्यसैगरी आयातित अन्य देशहरुमा जर्मनी, इजरायल, जापान, कोरिया, मलेसिया, मेक्सिको नेदरल्याण्ड, फिलिपिन्स, कतार, थाइल्याण्ड, युनाइटेड अरब, अमेरका र बेलायत रहेका छन् ।
के हो फुड सप्लिमेन्ट ?
फुड सप्लिमेन्ट (आहार पुरक खाद्य) भन्नाले कार्वोहाइड्रेड, चिल्लो पदार्थ, फ्याट्टी एसिड, भिटामिन, खनिज तत्व वा खनिजतत्व समिश्रण, प्रोटिन, एमिनो एसिड वाइन्जाइम, अन्यपोषक तत्वहरु वनस्पति तथा प्राणीजन्य वा मानिसको शरिरमा क्रियात्मक भूमिकामा हुने फाइदाजनक पदार्थ सम्मिलित गरी स्वरुप परिवर्तन गरिएका पाउडर, ग्रेनुल, ट्याब्लेट, झोल, जेली, फ्लेक्स, बार जस्ता मुखबाट मात्र सेवन गरिने पदार्थहरु जनाउँछ ।
सप्लिमेन्ट्री फुड प्रयोजनका लागि डाक्टरको सल्लाह चाहिदैन । यो जोसुकैले आफ्नो इच्छा अनुसार आवश्यक परे किनेर सहजै खान सक्छन् ।
Advertisment