Below Menu
Below Menu

निरन्तर घट्दै शेयर बजार, कारोबार रकममा भने देखियो सुधार

निरन्तर घट्दै शेयर बजार, कारोबार रकममा भने देखियो सुधार

काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २.८२ अंकले घटेर १९९०.५९ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ५.०५ अंकले घटेर १९९३.४२ बिन्दुमा भएको थियो ।

आज कारोबारमा आएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३१ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज बजारमा एक अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्समो ८६ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज माछापुच्छ्रे बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज नौं करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा सिटी होटल्स रहेको छ । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सिद्धार्थ इक्विटी फण्डको शेयरमूल्य ७ प्रतिशत भन्दाबढीले घटेको छ ।

Advertisment

थप समाचार