काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
हिमालयन लघुवित्त हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हो । नकर्मी हिमालयन बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको ३० वर्षको अनुभव छ ।
राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७५ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै आएकाे छ । करिब १ अर्ब बचत संकलन गरी ४ अर्ब ४३ करोड लगानी लघुवित्त गरेको छ ।
Advertisment