Below Menu
Below Menu

माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेडको सर्वसाधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले भदौ ११ गतेबाट निष्काशन गरेकोे आईपीओमा लगानीकर्ताले आज बैकिङ समयसम्म आवेदन दिन सक्ने छन्।

कम्पनीले १२ लाख ५ हजार ३ सय २० कित्ता सेयर आईपीओ निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको हाे । आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ । कम्पनीले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ ।

Advertisment

थप समाचार