Below Menu
Below Menu

साढे चार अर्बले बढ्यो जीवन बीमा कम्पनीहरुको व्यवसाय, अग्र स्थानमा नेपाल लाइफ  

साढे चार अर्बले बढ्यो जीवन बीमा कम्पनीहरुको व्यवसाय, अग्र स्थानमा नेपाल लाइफ  

काठमाडौं : जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे चार अर्ब रुपैयाँले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आवमा ४ अर्ब ५४ करोड ९० लाख रुपैयाँले व्यवसाय बढाएका हुन् ।

साउन महिनामा बीमा कम्पनीहरुले ८ लाख ३२ हजार ७५९ बीमालेख बिक्री गरी १९ अर्ब ६० करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । उक्त बीमाशुल्क गत आवको सोही अवधिको तुलनामा ३०.२१ प्रतिशतले बढी हो । जबकी गत आवको साउनमा कम्पनीहरुले ७ लाख १० हजार ३० बीमालेख बिक्री गरी १५ अर्ब ५ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

अग्र स्थानमा नेपाल लाइफ

चालु आवको साउन महिनामा नेपाल लाइफ इन्स्योरेन्सले सवा ५ अर्बको व्यवसाय गरेको छ । कम्पनीले यस अवधिमा २० हजार २७० बीमालेख बिक्री गरी ५ अर्ब २२ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । गत आवको सोही अवधिमा कम्पनीले ८ हजार ३०१ बीमालेख जारी गरी ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । 

मर्जरमा गएका कम्पनीहरुले कति कमाए ?

प्राधिकरणको तथ्यांक अनुसार मर्जरमा गएका कम्पनीहरुले पनि साउन महिनामा व्यवसाय बढाएका छन् । मर्जरमा गएका कम्पनीहरुमध्ये यस अवधिमा सर्वाधि कमाउनेमा हिमालन लाइफ इन्स्योरेन्स रहेको छ भने कम कमाउनेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ ।

साउनमा हिमालयन लाइफले ५ हजार ५७० बीमालेख जारी गरी एक अर्ब ९३ करोड ७७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, सूर्यज्योति लाइफले एक अर्ब ४५ लाख, सानिमा रिलायन्सले ६६ करोड ८१ लाख र प्रभु महालक्ष्मी लाइफले ५४ करोड ११ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् । 

अन्य कम्पनीको व्यवसाय

साउनमा राष्ट्रिय बीमा संस्थानले ३ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ भने नेशनल लाइफले ४३ हजार ६६१ बीमालेख जारी गरी एक अर्ब ८० करोड ६८ लाख रुपैयाँ बीमाशुृलक संकलन गरेको छ ।

त्यस्तै, यस अवधिमा लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब ९२ करोड ५५ लाख, मेट लाइफले ४९ करोड २३ लाख, एशियन लाइफले ८१ करोड ९९ लाख, आईएमई लाइफले ५२ करोड ५९ लाख र सिटिजन लाइफले ५७ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार सर्वसाधारणमा प्रिमियममा प्राथमिक शेयर (आईपीओ) जारी गरेका रिलायबल लाइफ इन्स्योरेन्सको व्यवसाय बढेको छ भने सन नेपाल लाइफको व्यवसाय घटेको छ । गत आवको सोही अवधिमा ५७ हजार ४६२ बीमालेख जारी गरी ३९ करोड ४२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको सन नेपाल लाइफले यस अवधिमा १८ हजार २०३ बीमालेख जारी गरी ३५ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफले चालु आवको साउन महिनामा एक लाख २० हजार ९३२ बीमालेख जारी गरी ३८ करोड ११ लाख बीमाशुल्क संकलन गरेको छ । जबकी गत आवको सोही अवधिमा कम्पनीले २४ हजार ६८ बीमालेख जारी गरी २९ करोड २१ लख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीको व्यवसाय ३०.४८ प्रतिशतले बढेको हो ।

दुई लघुबीमाले गरे ५ लाखको व्यवसाय

प्राधिकरणबाट भर्खरै लाइसेन्स पाएर व्यवसाय शुरु गरेका दुई लघुबीमा कम्पनीहरुले ५ लाख ६८ हजार रुपैयाँको व्यवसाय गरेका छन् । यस अवधिमा गार्डियन माइक्रो लाइफले ३५५ बीमालेख जारी गरी ४ लाख २३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने केष्ट माइक्रो लाइफले ११९ बीमालेख जारी गरी एक लाख ४५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ । 


 

Advertisment

थप समाचार