Below Menu
Below Menu

पोखरा विश्वविद्यालयका उप–प्राध्यापक बराल विरुद्ध भ्रष्टाचार मुद्दा 

पोखरा विश्वविद्यालयका उप–प्राध्यापक बराल विरुद्ध भ्रष्टाचार मुद्दा 

कठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विश्वविद्यालयका उप–प्राध्यापक रविन्द्र प्रसाद बरालविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । आयोगले उप–प्राध्यापक बराल विरुद्ध प्रतिवद्धता विपरीत अध्यापन गरी दोहोरो सुविधा लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार विश्वविद्यालयका उप–प्राध्यापक बरालले बिना स्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको र अन्य स्थानमा काम नगर्ने प्रतिवद्धता पेश गरी ननटिचिङ्ग एलाउन्ससमेत लिएको भन्ने उजुरी परेको थियो ।

सोही निवेदनका आधारमा अनुसन्धान हुँदा उप–प्राध्यापक बरालले अन्य स्थानमा काम नगर्ने भनी गरेको प्रतिवद्धता र पोखरा विश्वविद्यालयले भराएको फाराममा समेत अन्यत्र काम नगर्ने भनी आफैले गरेको हस्ताक्षरसहितको प्रतिवद्धता विपरीत सार्वजनिक सरकारी संस्थाबाट ननटिचिङ्ग एलाउन्ससमेत लिएको पुष्टि भएको आयोगको ठहर छ । 

उनी विरुद्ध कैद र जरिवानाको मागदाबी गर्दै आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो । 
 

Advertisment

थप समाचार