Below Menu
Below Menu

रोकिएन शेयर बजारको गिरावट, कारोबार रकम ८६ करोडमा सिमित 

रोकिएन शेयर बजारको गिरावट, कारोबार रकम ८६ करोडमा सिमित 

काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ५.०५ अंकले घटेर १९९३.४२ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ५.०९ अंकले बढेर १९९८.४८ बिन्दुमा भएको थियो ।

आज कारोबारमा आएका ६९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४४ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा ८६ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साेमबार नेप्सेमा ९८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज माछापुच्छ्रे बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज तीन करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनी र ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१ रहेका छन् । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज स्वाभिमान लघुवित्त वित्तीय संस्था र सामलिङ पावर कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दाबढीले घटेको छ ।
 

Advertisment

थप समाचार