काठमाडौं : हिमालयन क्यापिटल लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले क्यापिटलको बिशेष साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त सभा भदौ २७ गते कम्पनी रजिष्टर्ड कार्यालय ठमेल काठमाडौंमा बिहान ११ बजे हुनेछ ।
सो सभाले सिभिल क्यापिटल लिमिटेडलाई प्राप्ति गर्ने प्रस्तावलाई पारित गर्नेछ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै यी कम्पनीहरू पनि मर्जरमा जान लागेको हुन् । सिभिल क्यापिटल लिमिटेडको १०० कित्ता शेयर बराबर हिमालयन क्यापिटलको ३१ कित्ता शेयर आदानप्रदान गर्ने गरी यी दुई कम्पनी एक हुन लागेका हुन ।
सिभिल क्यापिटललाई प्राप्ति गरेपश्चात् कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव समेत सभाले पारित गर्नेछ ।
उक्त विशेष साधारण सभाले कम्पनीको शेयर आदानप्रदान अनुपातलाई समेत अन्तिम स्वीकृति दिने छ भने प्राप्ति प्रक्रिया सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी कम्पनीको सञ्चालक समितिलाई दिनेछ ।
Advertisment