काठमाडौं : दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिद्धार्थ क्यापिटलद्धारा सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
प्रतिफल वितरण गर्ने प्रयोजनका लागि दुई योजनाहरुले भदौ १३ गते अर्थात भोलि बुकक्लोज गर्दैछन् । जस अनुसार आजसम्म नेप्सेमा कारोबार भएका इकाईधनीहरुले मात्र कम्पनीले वितरण गर्ने प्रतिफल पाउनेछन् ।
सिद्धार्थ इक्विटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट करसहित ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले करसहित ६.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। यी दुर्य योजनाको कोष प्रवद्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
Advertisment