निर्जीवन बीमा कम्पनीहरुले गरे करिब ४ अर्बको व्यवसाय, सर्वाधिक कमाउनेमा सलिको 

निर्जीवन बीमा कम्पनीहरुले गरे करिब ४ अर्बको व्यवसाय, सर्वाधिक कमाउनेमा सलिको 

काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा करिब चार अर्बको बीमा व्यवसाय गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले २ लाख १३ हजार ८०३ बीमालेख बिक्री गरी ३ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । 

प्राधिरकणका अनुसार यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको कम्पनीले यस अवधिमा २४ हजार ४८० बीमालेख बिक्री गरी ५५ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । 

त्यसैगरी दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले साउनमा २७ हजार १८४ बीमालेख बिक्री गरी ४२ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले साउनमा १९ हजार ४७० बीमालेख बिक्री गरी ३४ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

चालु आवको साउन महिनामा नेपाल इन्स्योरेन्स कम्पनीले १४ करोड १९ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले २० करोड ७२ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले २९ करोड ४४ लाख रुपैयाँ बराबरको बीमाशूल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । 

त्यसैगरी यस अवधिमा नेशनल इन्स्योरेन्स कम्पनीले १९ करोड ६० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्र्जन गर्दा नेको इन्स्योरेन्सले २४ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, यस अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले २२ हजार ५८३ बीमालेख बिक्री गरी ३३ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

बीमा प्राधिकरणका अनुसार साउन महिनामा प्रभु इन्स्योरेन्सले २५ करोड ६ लाख, एनएलजीले २४ करोड ८ लाख, सानिमा जिआईसीले १७ करोड ८८ लाख, आईजीआई प्रुडेसिन्यलले ३० करोड ४० लाख र युनाइडेड अजोड इन्स्योरेन्सले २६ करोड ४६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ। 

थप समाचार