Below Menu
Below Menu

हकप्रद शेयर निष्काशन गर्दै एनएलजी इन्स्योरेन्स, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

हकप्रद शेयर निष्काशन गर्दै एनएलजी इन्स्योरेन्स, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता आइतबार गरेको हो । सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

यस एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हालको पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७ सय ९० रुपैयाँ ५० पैसाको प्रति शेयर अंकित १०० को दरले १० कित्ता शेयरको ६.६ को अनुपातमा ९६ लाख ३१ हजार २ सय २०.२२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

Advertisment

थप समाचार