Below Menu
Below Menu

तीन करोडसम्मकाे कर्जामा चालु पुँजी कर्जा मार्गदर्शन आकर्षित नहुने

बैंक तथा वित्तीय संस्था आफैंले मापदण्ड बनाएर ३ करोडसम्म कर्जा दिन सक्ने

तीन करोडसम्मकाे कर्जामा चालु पुँजी कर्जा मार्गदर्शन आकर्षित नहुने

काठमाडौं : तीन करोड रुपैयाँसम्मको कर्जामा ‘चालु पुँजी कर्जा मार्गदर्शन’ आकर्षित नहुने भएको छ। नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि बैंक तथा वित्तीय संस्था आफैंले मापदण्ड बनाएर ३ करोडसम्म कर्जा दिन सक्ने भएका छन् । 

बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक उद्योगको हकमा ३ करोडसम्म चालू पुँजी कर्जाको सीमा निर्धारण गर्न सक्नेछन् । यसअघि यो व्यवस्थामा १ करोड मात्रै थियो । 

यस्ता ऋणीलाई प्रवाह हुने चालु पुँजी कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्नेछन् । चालू पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शन बमोजिम हुनुपर्ने उल्लेख छ।

पूर्ण पाठ

 

 

Advertisment

थप समाचार