काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २०.५४ अंकले घटेर १९९३.३८ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३१.५२ अंकले घटेर २०१३.९३ बिन्दुमा भएको थियो ।
आज कारोबारमा आएका २८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै चार कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । आज बजारमा एक अर्ब २६ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा एक अर्ब ५५ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज सात करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनी रहेका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको पुगेको हो । आज मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत भन्दाबढीले घटेको छ ।
Advertisment