Below Menu
Below Menu

बागमती प्रदेश सरकारद्वारा सार्वजनिक सवारी साधनको भाडादर समायोजन (सूचीसहित) 

बागमती प्रदेश सरकारद्वारा सार्वजनिक सवारी साधनको भाडादर समायोजन (सूचीसहित) 

काठमाडौं : बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भाडादर बढाएको हो ।

मन्त्रालयले बिहिबारदेखि नै लागु हुने बागमती प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधनको भाडादर बढाएको हो । नयाँ भाडादर अनुसार मन्त्रलायले ५ काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्मका लागि न्युनतम भाडादर १९ रुपैयाँ तोकेको । यस अघि न्युनतम भाडा दर १८ रुपैयाँ थियो । 

त्यस्तै, मन्त्रालयले १० किलोमिटरसम्मको लागि १६ रुपैयाँ, १५ किलोमिटरसम्मको लागि ३१ रुपैयाँ, २० किलोमिटरसम्मको लागि ३५ रुपैयाँ र २० किलोमिटर भन्दा माथिको लागि ४० रुपैयाँ भाडा तोकिएको छ ।

उपत्यका बाहेकका स्थानको लागि भाडादर ५.३१ प्रतिशत बढेको छ । बागमती प्रदेशमा पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सी र अन्य मालवाहक सावरी साधनको लागि पनि भाडादर समायोजन गरेको छ । 

Advertisment

थप समाचार