Below Menu
Below Menu

त्रिवेणी स्पिनिङ मिल्समा २६ जनाले जागिर पाउने 

त्रिवेणी स्पिनिङ मिल्समा २६ जनाले जागिर पाउने 

काठमाडौं : त्रिवेणी स्पिनिङ मिल्समा २६ जनाले जागिर पाउने भएका छन् । युएसआइडी नेपाल र वीनरक इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल धागो उत्पादन संघले जिल्ला समन्वय समितीको हलमा आयोजना गरेको जब रेडिनेश ओरिन्टेशन र स्क्रिनिङ कार्यक्रममा सहभागी मध्ये २६ जनाले रोजगारी पाउने भएका हुन । सो कार्यक्रममा  ५२ जना सहभागी  भएका थिए । 

पाँचवटा धागो उत्पादक कम्पनीहरुको संगठनका रुपमा रहेको यो संघमा रिलायन्स स्पिनिङ मिल्स, जय स्पिनिङ मिल्स, त्रिवेणी स्पिनिङ मिल्स, जगदम्बा स्पिनिङ मिल्स र त्रिकोट इन्डष्ट्रिज सदस्य रहेका छन् । यी कम्पनीहरुले वार्षिक रुपमा ११ अर्ब रुपैयाँ भन्दा बढिको धागो र कपडाहरुको निर्यात गर्दै आएका छन् । 

नेपाल धागो उत्पादन संघ अध्यक्ष पवन कुमार गोल्यानका अनुसार एक वर्ष भित्र ती हजार ५५० जना दक्ष कामदार उत्पादन गर्ने योजना रहेको  छ । संघका अनुसार निर्धारित समयमा लक्ष्य बमोजिमका दक्ष कामदारहरु प्रशिक्षित गरिसक्ने योजना रहेको छ ।

संघका परियोजना संयोजक मनोज कुमार सुनुवारका अनुसार धागो कम्पनीहरुले आफ्ना कामदारहरुलाई  नेपाल लेबर ऐन २०७४ का अनुसार सेवा सुविधा र आवासका साथै कामदारहरुको सुरक्षानिति पनि अपनाइएको छ भने कार्यक्षेत्र भित्र कुनै किसिमको हिंसा हुन नदिन पनि कटिवद्ध रहेको उनले बताए । 

सन् १०९९७ मा गठन भएको यो संस्था धागो उत्पादक कम्पनीहरुको छाता संस्था हो । जसले धागो उत्पादन गरिरहेका कम्पनीहरुको विस्तार र निर्यात क्षमता अभिवृद्धिमा रहेर काम गर्दै आएको छ । 

Advertisment

थप समाचार