कुमारी बैंकको तीन हजार ५८४ कित्ता संस्थापक शेयर बिक्रीमा 

कुमारी बैंकको तीन हजार ५८४ कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : कुमारी बैंकले तीन हजार कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर विद्यमान शेयरधनीले खरिद गर्न पाउने गरी  तीन हजार ५८४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

Sponsored Advertisement

बैंकको शेयर खरिद गर्न चाहने इच्छुक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजपत्र संलग्न गरी बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा बैंकको केन्द्रीय कार्यालय टंगालमा आवेदन दिन सक्नेछन् । 

यसका साथै संस्थापक शेयरधनीहरुको बिक्री मूल्य बिक्रेता अनुसार हुनेछ ।  किएको समयमा बैंकको शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

थप समाचार