Below Menu
Below Menu

नापी कार्यालय सिरहाका यादव १० हजार घुससहित अख्तियारको नियन्त्रणमा 

नापी कार्यालय सिरहाका यादव १० हजार घुससहित अख्तियारको नियन्त्रणमा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय सिरहाका अमिन दिपरन्जन यादवलाई घुसहित नियन्त्रणमा लिएको छ । आयोगले सिरहाको नापी कार्यालय लहान सिरहामा कार्यरत यादवलाई सेवाग्राहीसँग घुसलिइसकेको अवस्थामा बुधबार नियन्त्रणमा लिएको हो । 

आयोगका अनुसार यादवले जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना परेको थियो । सोही उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले सेवाग्राहीबाट १० हजार घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालय लहान सिरहाबाट नियन्त्रणमा लिएको जनाएको छ । 
 

Advertisment

थप समाचार