Below Menu
Below Menu

धितोपत्र दर्ता तथा निष्काशन नियमावली सातौं संशोधन प्रस्ताव स्वीकृत

धितोपत्र दर्ता तथा निष्काशन नियमावली सातौं संशोधन प्रस्ताव स्वीकृत

काठमाडौं : सरकारले  धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको सातौं संशोधन प्रस्ताव स्वीकृत गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रताव स्वीकृत गरेको हो । 

मन्त्रिपरिषद्ले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र तथा निष्कासन सातौँ संशोधन नियमावली २०८० संशोधन गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

यसका साथै बैठकले धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

Advertisment

थप समाचार