Below Menu
Below Menu

हवाई डढेलोः एक हजारबढीको मृत्यु, ११ सय अझै बेपत्ता

हवाई डढेलोः एक हजारबढीको मृत्यु, ११ सय अझै बेपत्ता

लस एन्जलस : संयुक्त राज्य अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलो मानव बसोबास भएका स्थानमा फैलदा त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय १५ पुगेको छभने एक हजार एक सय जना अझै बेपत्ता भएका छन् । 

भीषण डढेलो लागेको दुई हप्तापछि पनि अझै एक हजार एक सय सर्वसाधारण  बेपत्ता भएका सङ्घीय जाँच ब्युरो (एफबीआई) ले जनाएको छ । एफबिआईले मृतकका अवशेषहरू पहिचान गर्न परिवारका सदस्यहरूलाई सघाउन अनुरोध गरेको छ ।

एफबिआईले सूचना तथा जानकारी सङ्कलनका निम्ति २४ घण्टा सञ्चालन हुने टेलिफोन सेवा शुरु गरिएको जनाउँदै पीडित परिवार एवं अन्यलाई आफूसँग भएका विवरणबारे अवगत गराउन आग्रह गरेको छ । 

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँपछि भएको यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाको मृत्यु भएको थियो । रासस

Advertisment

थप समाचार