हिमालयन बैंकको १५ लाखबढी कित्ता संस्थापक शेयर बिक्रीमा 

हिमालयन बैंकको १५ लाखबढी कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : हिमालयन बैंकले १५ लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर विद्यमान शेयरधनीले खरिद गर्न पाउने गरी १५ लाख ४० हजार ७४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

Sponsored Advertisement

बैंकको शेयर खरिद गर्न चाहने इच्छुक शेयरधनीहरुलेसूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजपत्र संलग्न गरी बैंकको केन्द्रीय कार्यालयमा कमलादी स्थित कानसन तथा शेयर विभागमा आवेदन दिन सक्नेछन् । 

तोकिएको समयमा बैंकको शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।

यसका साथै संस्थापक शेयरधनीहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि केन्द्रीय कार्यालयमा सम्पर्ब गर्न समेत बैंकले अनुरोध गरेको छ । 

थप समाचार