काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment