Below Menu
Below Menu

पुन: २ हजारमै उक्लियो नेप्से

पुन: २ हजारमै उक्लियो नेप्से

काठमाडौं : साताको तेस्रो दिने मंगलबार (आज) शेयर बजार १७.६९ अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १७.६९ अंकले बढेर २०१५.९८ बिन्दुमा पुगेको हो ।
सोमबार १२.९३ अंकले नेप्से घटेको थियो ।

मंगलबार १८१ कम्पनीको शेयरमूल्य बढेको छ भने ४२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्से परिसूचकसँगै सबै उपसमूहको सूचक पनि हरियो देखिएका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूह एक सय २२ दशमलव ४९ र उत्पादन तथा प्रशोधन समूह ८३ दशमलव ९१ अङ्कले बढेका छन् । बैंकिङ चार दशमलव ७६, विकास बैंक ४३ दशमलव १०, वित्त ३७ दशमलव ५८, होटल तथा पर्यटन ७० दशमलव ५८ र जलविद्युत् समूह ३४ दशमलव ३० अङ्कले बढेको छ ।

त्यस्तै, लगानी समूह शून्य दशमलव ५९, जीवन बीमा ५० दशमलव ०५, लघुवित्त १६ दशमलव ५१, व्यापार १६ दशमलव ७२ र अन्य समूहको उपसूचक २१ दशमलव ७४ अङ्कले बढेको छ । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा भने लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा चार दशमलव ४२ प्रतिशतले गिरावट आएको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक प्रमोटर शेयर रु २८ करोड ५९ लाख १९ हजार छ सय छ बराबरको दुई लाख ५३ हजार दुई सय ६२ कित्ता किनबेच भएको छ ।

Advertisment

थप समाचार