काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Advertisment