Below Menu
Below Menu

दुई वाणिज्य बैंकको ८ लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

दुई वाणिज्य बैंकको ८ लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

 काठमाडौं : दुई वाणिज्य बैंकहरुको आठ लाखबढी कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । कुमारी र सानिमा बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ८ लाख १८ हजार ६९९ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले पनि किन्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।

कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ७ लाख ५१ हजार ६९९ कित्ता शेयर  संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

बैंकको शेयर खरिद गर्न पाउने इच्छुक शेयरधनी वा जो कोही योग्य व्यक्ति तथा कम्पनीहले भदौ १९ गते २ बजे भित्र क्तिी प्रबन्धक एनआईबिएल एस क्यापिटलमा आफूले खरिद गर्न चाहेको शेयर र दर रेट खुलाई बोलपत्र आवेदन पेश गर्नुपर्ने छ ।  

शेयरको खरिदमूल्य १०१ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । एउटा व्यक्ति वा कम्पनीले शेयर खरिदका लागि एउटा मात्र बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्युनतम एक हजार कित्ता वा सो भन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ । ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा स्थायी लेखा नम्बर आवेदन फाराममा उल्लेख गर्नुपर्ने छ । 

त्यस्तै, सानिमा बैंकले ६७ हजार कित्ता संस्थापक बिक्रीका लागि ३५ दिने स्रचना जारी गरेको थियो । तर, साे समयावधिभित्र सस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि बैंकले बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गरेको हो ।

उक्त शेयर खरिदका लागि आवेदनकले न्यसनतम शेयरमूल्य १४५ रुपैयाँका दरले आफ्रले खरिद गर्न चाहेको शेयरसंख्या र खरिद मूल्य खुलाई १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।


 

Advertisment

थप समाचार