Below Menu
Below Menu

लघुवित्तको नाफामा खराब कर्जाको दबाब, प्रतिशेयर आम्दानी औसतमा ११ रुपैयाँ ८४ पैसा 

लघुवित्तको नाफामा खराब कर्जाको दबाब, प्रतिशेयर आम्दानी औसतमा ११ रुपैयाँ ८४ पैसा 

काठमाडौं : हाल सञ्चालनमा रहेका ५५ लघुवित्त कम्पनीहरुले गत असार मसान्तसम्म ५ अर्ब रुपैयाँ बराबरको नाफा कमाएका छन् । कम्पनीहरुले सार्वजनिक गरेको चौथौ त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाहरुले ५ अर्ब १४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

उक्त नाफा अघिल्लो आवको तुलनामा ४.४४ प्रतिशत अर्थात ४ अर्ब १ करोड ४९ लाख रुपैयाँले कम हो । जबकी गत आवको सोही अवधिमा कम्पनीहरुले ९ अर्ब २६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएका थिए । यस अवधिमा कम्पनीहरुकोे खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेका कारण नाफामा असर परेको हो । 

लघुवित्तको नाफामा खराब कर्जाको दबाब 
पछिल्लो समय आर्थिक मन्दीका कारण कर्जा नउठ्दा अधिकांश कम्पनीहरुको नाफा प्रभावित भएको हो । गत असार मसान्तसम्म कम्पनीहरुको खराब कर्जा ४०.७१ प्रतिशतले बढेको छ । कर्जाको दबाबका कारण पनि संस्थाको नाफा घट्न पुगेको हो । असार मसान्तसम्म कम्पनीहरुको खराब कर्जा औसतमा ६.१५ प्रतिशत छ ।

गत असार मसान्तसम्म आइपुग्दा ४६ कम्पनीको नाफा घटेको छ भने आठ लघुवित्तको नाफा बढेको छ । समिक्षा अवधिमा कम्पननीहरुको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत असार भने प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८४ पैसा रहेको छ । 

नाफा बढेका नौ कम्पनी 
गत असार मसान्तसम्म आइपुग्दा सात कम्पनीले मात्र नाफा बढाएका छन् । यस अवधिमा  ग्रामिण विकास लघुवित्तको खुद नाफा १७.२२ प्रतिशत, वीन नेपालको ५३६.३६ प्रतिशत, स्वावलम्बनको २१.२८ प्रतिशत, छिमेकको १२.११ प्रतिशत, साना किसानको १६.९३ प्रतिशत, किसान लघुवित्तको १११०.६६ प्रतिशत, समाज लघुवित्तको १६१.३६ प्रतिशत, सर्पोटको १३२.२३ प्रतिशत र आरएसडिसीको ५.७१ प्रतिशतले बढेको छ । 

सात कम्पनीले घटाए खराब कर्जा 
प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा सात कम्पनीले भने अघिल्लो आवको तुलनामा खराब कर्जा घटाएका छन् । जसमा बीपीडब्लु लघुवित्तको ४.३४ प्रतिशत, युनिक नेपालको ६.५५ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ७.७२ प्रतिशत, साना किसानको ०.६१ प्रतिशत, स्वस्तिक लघुवित्तको ३.४९ प्रतिशत, समाज लघुवित्तको ४.५९ प्रतिशत र सपोर्ट लघुवित्तको खराब कर्जा १.८३ प्रतिशतमा झरेको छ । 

प्रतिशेयर आम्दानीमा आत्मनिर्भर अगाडी
नाफा घटेसँगै अधिकांश कम्पनीको प्रतिशेयर आम्दानी घटेको छ । गत असार मसान्तसम्मको वित्तीय विवरण हेर्दा ४१.२० प्रतिशत नाफा घटेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको प्रतिशेयर आम्दानी ७७ रुपैयाँ ९७ पैसा रहेको छ । 

नाफा रु हजारमा 

 

Advertisment

थप समाचार