Below Menu
Below Menu

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ भर्नुभयो?, आज सकिँदैछ समय

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ भर्नुभयो?, आज सकिँदैछ समय

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने आज (भदौ ४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २३९ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । आज कार्यालय समयभित्र कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओमा भदौ ३ गते साँझ ५ः०६ बजेसम्ममा १२ लाख २१ हजार १४२ जना सर्वसाधारणले १ करोड ३९ लाख ५३ हजार ८९० कित्ताका लागि आवेदन दिइसकेको  सीडीएसले जनाएको छ । यो आवेदन सर्वसाधारणका लागि कम्पनीले छुट्टाइएको ७६ लाख ८० हजार कित्ता सेयर भन्दा १.८१ गुणा बढी आवेदन हो । आज दिनभरमा थप आवेदन बढ्नेछ । 

इन्स्योरेन्सले हाल कायम रहेको पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले जारी गर्न लागेको कुल शेयरमा ४ लाख ८० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ लाख  ८० हजार  कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले छुट्याइएको छ । बाँकी रहेको ७६ लाख ८० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासनमा ल्याएको शेयरमध्ये ९ लाख ६० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली निष्काशन गरि बाँडफाँट गरिसकेको छ । इन्स्योरेन्सको आईपीओमा लगानीकर्ताले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ १४ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीले जारी गर्न लागेको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा २० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ । आईपीओ खरिदका लागि लगानी कर्ताले बिक्री प्रबन्धकको वेभसाइट र सि आस्वा तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् । 

Advertisment

थप समाचार