काठमाडौं : अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले ३ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९६.२३ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ८७ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै संस्थाको नाफामा घट्न पुगेको हो ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको निष्क्रिय कर्जा बढेका कारण पनि संस्थाको नाफा प्रभावित भएको हो । यस अवधिमा कम्पनीको इम्पेरिमेन्ट चार्ज घटेर १२ लाख ७६ रुपैयाँमा भरेपनि नाफा भने घट्न पुगेको छ ।
गत असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ७.५९ प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी ११ प्रतिशतले घटेको छ । त्यस्तै सञ्चालन नाफा ९८.०२ प्रतिशतले घटेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर शुन्य रुपैयाँ १३ पैसा रहेको छ । गत असार मसान्तसम्म आइपुग्दा कम्पनीको निष्क्रिय कर्जा पनि २.६० प्रतिशतबाट बढेर ४.८९ प्रतिशत पुगेको छ ।
Advertisment