Below Menu
Below Menu

सोमबार ६ अर्ब २३ करोड रुपैयाँबढीको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक 

सोमबार ६ अर्ब २३ करोड रुपैयाँबढीको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत ६ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार ६ अर्ब २३ करोड ३२ रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

बैंकले ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ९१ दिने, २ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी मंसिर ५ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ भदौ ४ गते परिपक्क हुने छ ।

उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ भने मंगलबार वितरण हुने छ । यसअघि बैंकले ५ अर्ब रुपैयाँ बराबरको २८ दिने, १२ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने, ७ अर्ब रुपैयाँ बराबरको र २ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार