Below Menu
Below Menu

बिजयनगर गाउँपापालिकाका वडा अध्यक्षसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा 

बिजयनगर गाउँपापालिकाका वडा अध्यक्षसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा कपिलवस्तुका वडा अध्यक्षसहित ३ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तिलकराम कंडेलसमेत ३ जना विरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको हो ।

जिल्लाको साविक पत्थरदेइया गाउँ विकास समिति वडा नं. ८ हाल बिजयनगर गाउँपालिका वडा नं. ४ का वडाध्यक्षले बिजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्काको रकम ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाई आफै हिनामिना गरेको उजुरी आयोगमा परेको थियो ।

सोही उजुरीको आधारमा अनुसन्धान गर्दा वडा अध्यक्ष कंडेलले शंकरपुर तालको ठेक्कावापतको रकम बिजयनगर गाउँपालिकाको खातामा जम्मा नगरी ६ लाख १० हजार रुपैैयाँ हिनामिना गरेको आयोगको ठहर छ । उनी विरुद्ध आयोगले सोही रकम बराबरको विगो कायम गरी मुद्दा दायर गरेको छ ।

त्यस्तै , साविक पत्थरदेइया गाउँ विकास समितिको कार्यालयबाट शंकरपुर तालको ठेक्का कार्यमो कार्यालयका तत्कालीन गाविस सचिव कृष्ण कुमार चौधरी र ठेकेदार सेराज महम्मद बिच सम्झौता भएकोमा ठेक्का सम्झौता बमोजिमको रकम दाखिला नभएको आयोगको भनाई छ ।

हालसम्म पनि २ लाख ७० हजार रुपैयाँ रकम बिजयनगर गाउँपालिकाको खातामा जम्मा हुन बाँकी नै रहेको पाइदा सो ठेक्का सम्झौतामा सहीछाप गर्ने समितिका सचिव चौधरी र ठेक्का सम्झौता अनुसार शर्त पालना नगरी रकम नबुझाउने ठेकेदार महम्मदलाई सोही रकम बराबरको बिगोसहित सजाय र जरिवानाको मागदावी गर्दै आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको छ । 
 

Advertisment

थप समाचार