Below Menu
Below Menu

व्यवसायमा आक्रमक हिमालयन एभरेष्ट इन्स्योरेन्स, १८४.७५ प्रतिशतले बढ्यो नाफा

व्यवसायमा आक्रमक हिमालयन एभरेष्ट इन्स्योरेन्स, १८४.७५ प्रतिशतले बढ्यो नाफा

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८४.७५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा १४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ४० करोड ६ लाख रुपैयाँ कमाएको छ।

कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ३८.४२ प्रतिशतले बढेर १ अर्ब १७ करोड ७५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा कम्पनीले ८५ करोड ६ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको कुल बीमा शुल्क आर्जन ३ अर्ब ३५ करोड ३९ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले २ लाख ११ हजार ९१२ वटा बीमालेख जारी गरेको थियो भने २६ हजार ५५२ बीमालेख नविकरण गरिएको विवरणमा उल्लेख छ ।

२ अर्ब ३० करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा कोषमा ६९ करोड ८ लाख रुपैयाँ, बीमा कोषको आकार १ अर्ब २९ करोड ४७ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ६८ पैसा कायम भएको छ। 

Advertisment