Below Menu
Below Menu

५६.२१ प्रतिशतले घट्यो शिवम् सिमेन्ट्को नाफा, प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा 

५६.२१ प्रतिशतले घट्यो शिवम् सिमेन्ट्को नाफा, प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा 

काठमाडौं : शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.२१ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षमा कम्पनीले ३० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा५६.२१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ६९ करोड ७ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको सञ्चालन आम्दानी १६.२८ प्रतिशतले घटेर ७ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ । यस्तो आम्दानी अघिल्लो वर्ष ९ अर्ब २६ करोड रुपैयाँ थियो । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ भने रिजर्भ कोषमा ३ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा (वार्षिक) रहेको छ भने प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ २३ पैसा छ।

Advertisment