काठमाडौं : रिडी पावर कम्पनीले ५० प्रतिशत हकपद शेयर जारी गर्न आयोृगबाट स्वीकृति पाएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई हाल कायम रहेका चुक्ता पुँजीको १ बराबर ०.५ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्न अन्तिम स्वीकृति दिएको हो ।
कम्पननीले हाल कायम रहेको चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्न आयोगमा आवेदन दिएको थियो । आयोगको स्वीकृति पाएसँगै कम्पनीले १०० रुपैयाँ अंकित दरमा सो बराबरको हकप्रद शेयर जारी गर्ने छ ।
हाल कम्पनीको चुक्ता पुँजी एक करोड ५४ लाख ८९ हजार रुपैयाँ रहेको छ । उक्त हकप्रद कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति भएपश्चात लगानीकर्ताहरुलाई निष्काशन गर्नेछ । कम्पनीको असार ८ गते बसेको बिशेष साधारण सभाले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीको लगानी तथा व्यवस्थापनबाट सहायक कम्पनी साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने २० मेगावाट क्ष्मताको तल्लो बलेफि जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्व पूँजी व्यवस्थापन गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ ।

Advertisment