Below Menu
Below Menu

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट 

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट 

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ३.६१ अंकले घटेर २०७७.२४ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १४.८१ अंकले बढेर २०८०.८६ बिन्दुमा बन्द भएको थियो । 

आज कारोबारमा आएका ६८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा दुई अर्ब ९ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा तीन अर्ब एक करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ११ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा थ्री स्टार हाइड्रोपावर र अपर स्याङगे हाइड्रोपावर कम्पनी रहेका छन्  । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ६ प्रतिशतले घटेको छ ।
 

Advertisment