Below Menu
Below Menu

इम्पेरिमेन्ट चार्ज बढ्दा नेष्डो समृद्ध लघुवित्तको नाफा प्रभावित, खराब कर्जा भने घट्यो 

इम्पेरिमेन्ट चार्ज बढ्दा नेष्डो समृद्ध लघुवित्तको नाफा प्रभावित, खराब कर्जा भने घट्यो 

काठमाडौं : नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपिरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले १४ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २८.८० प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले २० करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै संस्थाको नाफामा घट्न पुगेको  हो ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको इम्पेरिमेन्ट चार्ज बढेका कारण पनि संस्थाको नाफा प्रभावित भएको हो । गत असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी २.८१ प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी ७.६३ प्रतिशतले घटेको छ । त्यस्तै सञ्चालन नाफा २८.९९ प्रतिशतले घटेको छ ।

गत असार मसान्त्सम्म आइपुग्दा कम्पनीको इम्पेरिमेन्ट चार्ज बढेर ६ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।  यस अवधिमा कम्पनीको नाफा घटेसँगै संस्थाको प्रतिशेयर आम्दानी पनि घटेको छ । 

अघिल्लो आवमा ८० रुपैयाँ ८३ पैसा रहेको संस्थाको प्रतिशेयर आम्दानी घटेर गत असार मसान्तसम्म आइपुग्दा ५७ रुपैयाँ ५५ पैसामा झरेको छ । त्यस्तै यस अवधिमा कम्पनीको निष्क्रिय कर्जा भने ८.२२ प्रतिशतबाट घटेर ७.७२ प्रतिशतमा झरेको छ । 
 

Advertisment

थप समाचार