काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
Advertisment