काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाको अधिकांश सूचक आकर्षक देखिएको छ । संस्थाले जारी गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अधिकांश सूचक आकर्षक देखिएको हो ।
कम्पनीले उक्त अवधिमा ८१ करोड ४१ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १६.७५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६९ करोड ७३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी २३.९७ प्रतिशतले बढेर १ अर्ब ६६ करोड ९ लाख ८२ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३३ करोड १६ लाख रुपैयाँ रहेको छ। रिजर्भ कोष १०१.१६ प्रतिशतले बढेर ३ अर्ब ५१ करोड १८ लाख रुपैयाँ पुगेको छ।
लघुवित्तको वितरणयोग्य नाफा ५२.२१ रुपैयाँ देखिएको छ ।
Advertisment