Below Menu
Below Menu

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम तीन अर्ब नाघ्यो 

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम तीन अर्ब नाघ्यो 

काठमाडौं : तीव्र उतारचढावबीच साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १४.८१ अंकले बढेर २०८०.८६ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ५.१३ अंकले बढेर २०६६.०५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका १०० कम्पनीको शेयरमूल्य बढेको छ । ११७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज बजारमा तीन अर्ब एक करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्से दुई अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार थियो । 

आज नेपाल इन्स्योरेन्सको प्रमोटर शेयरको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ५८ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा थ्री स्टार हाइड्रोपावर र अपर स्याङगे हाइड्रोपावर रहेका छन् । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज घोराही सिमेन्ट इन्डष्ट्रिजको शेयरमूल्य ९ प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार